ब्याजदर घट्ने संकेत देखिएपछि अमेरिकी शेयर बजारमा उछाल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्याजदर घट्ने संकेत देखिएपछि अमेरिकी शेयर बजारमा उछाल

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर स्थिर राख्ने निर्णय गरेकाे छ । लगातार तेश्राे पटक फेडरल रिजर्भले ब्याजदरमा कुनै परिवर्तन नगरेकाे हाे। हाल अमेरिकामा ब्याज दर २२ वर्ष यताकै उच्च स्तरमा रहेकाे छ। यद्धपी, केन्द्रीय बैंकका बैंकरहरूले आगामी वर्ष यसमा कटौती हुन सक्ने संकेत गरेका छन् ।

यो विश्वभरका शेयर बजारका लागि राहतको विषय हो । फेडरल रिजर्भले बुधबार ब्याजदर नबढाउने घोषणा गरेसँगै फेडरल रिजर्भले बढ्दो मुद्रास्फीतिसँग लड्न मार्च २०२२ यता ११ पटक ब्याज दर बढाइसकेको छ। जसका कारण गत गर्मीयाममा अमेरिकाको ब्याजदर चार दशकयताकै उच्च विन्दुमा पुगेको थियो ।

अमेरिकाको आवास बजारले राहत पाउने अपेक्षा 

फेडरल रिजर्भले आगामी वर्ष अर्थात् २०२४ मा प्रक्षेपणभन्दा बढी ब्याजदर घटाउन सक्ने अनुमान गरेको छ । यो कमी तीन त्रैमासिक अंक सम्म हुन सक्छ। यसले उच्च धितो दरका कारण कमजोर मागको सामना गरिरहेको अमेरिकी आवास बजारलाई राहत दिने अपेक्षा गरिएको छ। फेडरल रिजर्भले गत वर्षको तुलनामा मुद्रास्फीति घटेतापनि हालसम्म उच्च स्तरमा नै रहेको जनाएको छ । फेडरल रिजर्भका मौद्रिक नीति निर्धारण गर्ने अधिकारीहरूको प्यानल फेडरल ओपन मार्केट कमिटी (FOMC)ले ब्याजदर ५.२५ देखि ५.५० बीचमा राखेको छ।

Read More
  • MBL - below news