विदेशी विनिमय सञ्चिति १६९६ अर्ब ७८ करोड पुग्यो, १३.६ महिनाको वस्तु आयात धान्न पर्याप्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विदेशी विनिमय सञ्चिति १६९६ अर्ब ७८ करोड पुग्यो, १३.६ महिनाको वस्तु आयात धान्न पर्याप्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको जनाएको छ ।  असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई  कात्तिक मसान्तमा रु.१६९६ अर्ब ७८ करोड पुगेको नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको बैंकले जनाएको छ । 

Read More
  • MBL - below news