मुद्दती निक्षेपमा पैसा राख्ने बढे, धितो कर्जामा नै रमाउँदै बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मुद्दती निक्षेपमा पैसा राख्ने बढे, धितो कर्जामा नै रमाउँदै बैंक

चालू आथिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा रकम राख्नेको संख्या बढेर गएको छ । अर्थतन्त्रमा देखिएको आर्थिक शिथिलताका कारण लगानी बढाउन नसक्दा बैंकमा निक्षेपमा पैसा राखी ब्याज खाने क्रम बढेसँगै मुद्दती खातामा पैसा राख्ने बढेका हुन् ।

केन्द्रिय बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २‍.७ प्रतिशत अर्थात  १५४ अर्ब ६१ करोड रुपैयाँ ले बढेको छ । अघिल्लो वर्षको कात्तिकमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ०‍‍.९ प्रतिशतले बढेको थियो।

Read More
  • MBL - below news