काठमाडौँ — मिटरब्याजसम्बन्धी ५ हजार १ सय ८८ उजुरीमा साहुहरूले ऋणीबाट ७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ असुल गर्न बाँकी रहेको भनेकामा छलफलपछि १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँमा मिलापत्र गरेका छन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले गृह मन्त्रालयअन्तर्गत ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको कार्यदलमार्फत साहुकार र पीडितलाई समेत बोलाएर छलफल गर्दा मंसिर तेस्रो सातासम्म उक्त संख्याको उजुरीमा मिलापत्र भएको हो ।





