काठमाडौं : नेपाल बिमा प्राधिकरणले जीवन बिमा र निर्जीवन बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउन दिएको समयअवधि ८ महिना नाघिसक्दा पनि अझै २२ कम्पनीले पूरा गर्न सकेका छैनन्। यद्यपि ६ ओटा कम्पनी (२ जीवन बिमा र ४ निर्जीवन बिमा कम्पनी)को भने चुक्ता पुँजी तोकिएको सीमाअनुसार पुर्याएको तथ्यांकमा देखिन्छ।
यसबाहेकका बाँकी कम्पनीले पुँजीवृद्धि कसरी गर्ने भनेर नेपाल बिमा प्राधिकरणमा योजना बुझाएका छन्। अधिकांशको योजनाअनुसार पुँजी पुगे पनि प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको छैन। यद्यपि एकै पटक अब सबैको वृद्धि भएको चुक्तापुँजी यो आर्थिक वर्ष अन्त्यसम्म वित्तीय प्रतिवेदनमा समावेश गर्ने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए।






