काठमाडौं : ‘एसिया इन्टरनेट कोएलिसन’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै सूचना प्रविधिको क्षेत्रमा नेपालमा भइरहेका नियामकीय घटनाक्रम, सामाजिक सञ्जाल माथिको प्रतिबन्ध र सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाप्रति चिन्ता व्यक्त गरेको छ । पत्रमा डिजिटल स्पेसलाई जिम्मेवारीपूर्वक नियमन गर्नुपर्ने आवश्यकता बुझे पनि नेपाल सरकारले हालै लिएको निर्णय अन्तर्राष्ट्रिय अभ्यास भन्दा भिन्न, चिन्ताजनक र सार्वजनिक तथा उद्योग क्षेत्रको सहकार्य र विचार बिना लागू गरिएको उल्लेख गरेको छ ।






