हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेकाे आईपीओमा ३ लाख भन्दा बढी आवेदन परेका छन् । आजदेखि खुलेकाे कम्पनीको आईपीओमा पहिलाे दिन नै ६० लाख ३० हजार ७८० कित्ताकाे शेयर माग भएकाे हाे ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ८ मिनटसम्ममा रि इन्स्योरेन्स कम्पनीको ३ लाख ३७ हजार ९६४ वटा आवेदन परेकाे छ । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।






