काठमाडौं : सेयर बजारमा बुधबार झिनो सुधार भएको छ । यस दिन सूचक २.६० विन्दुले बढेर १९८८.०४ अंकमा आएको छ । ३ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । १३ मध्ये ४ वटा समूहमात्र घटेका छन् बाँकी सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।
त्यो त इन्ट्रा डेमा नेप्सेले सजिलै २ हजारको मनोवैज्ञानिक विन्दु पार गरको थियो । तर यसरी बढेको बजारमा प्रोफिट बुक गर्नेहरु एकाएक हावी भए । सोही कारण पुनः सूचकमा दबाब पर्यो । सोही कारण बजार बन्द हुने बेलामा सूचक २ हजार विन्दुमुनि नै आयो । त्यसपछि भने बजारमा तीब्र उतारचढाव पनि देखियो । सूचक छिनछिनमा बढ्ने र घट्ने प्रवृत्ति पनि देखियो । तर अन्तिममा झिनो अंकले भए पनि बढेरै बन्द भयो ।






