नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको ७० लाख कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै बिहिबार देखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ७६ रुपैयाँ ८१ पैसा देखि २३० रुपैयाँ ४३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको MKCL सिम्बलबाट कारोबार हुने छ ।





