काठमाडौं : नेपाल पेमेन्ट सोल्युसन लिमिटेडले आइपीओ प्रस्ताव सहित पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस कम्पनीको नाम परिवर्तन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।






