सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न लागेकोे हो ।
कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ । सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो ।






