भारतीय शेयर बजारले सोमबार पुनः नयाँ रेकर्ड बनायाे


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारले सोमबार पुनः नयाँ रेकर्ड बनायाे

भारतीय शेयर बजारले सोमबार पुनः नयाँ रेकर्ड बनाएको छ । आज कारोबारको क्रममा सेन्सेक्स पहिलो पटक ७० हजार नाघेर ७०,०५७ विन्दुमा पुगेको थियो । निफ्टीले पनि २१,०२६ को स्तर छोएको थियो।

यसअघि, सेन्सेक्स १०० अंकले बढेर ६९,९२५ विन्दुमा खुलेको थियो। निफ्टी पनि ८२ अंकले बढेर २०,९६५ को स्तरमा खुलेको थियो । तर, अहिले भारतीय शेयर बजारमा स्थिर कारोबार भइरहेको छ । अहिले सेन्सेक्सका १६ शेयर बढिरहेका छन् भने १४ शेयर घटिरहेका छन्।

बैंक र रियल्टीको शेयर बढ्यो, हेल्थकेयरको शेयर घट्यो

सरकारी बैंक र रियल्टी शेयरको मूल्य आज सबैभन्दा बढी बढेको छ । बैंक अफ इन्डिया सबैभन्दा बढी ३ प्रतिशतले बढेको छ । रियल स्टेट कम्पनी डीएलएफको शेयर पनि ३ प्रतिशतले बढेको छ । यसैगरी, हेल्थ केयरका शेयरमा आज सबैभन्दा बढी गिरावट देखिएको छ ।

स्पाइसजेट ५२ साताकै उच्च विन्दुमा

स्पाइसजेटको शेयर आज करिब ८ प्रतिशतले बढेर ५२ साताकै उच्च ५९.७० भारतीय रुपैयाँ पुगेको छ । कम्पनीले एनएसईमा सूचीकृत भएको घोषणा गरेको छ । यसबाहेक कोष जुटाउन बोर्ड बैठक पनि बस्ने भएका कारणले शेयर बढेको हो ।

बीएसई सेन्सेक्स पहिलो पटक सन् १९९० मा १,००० विन्दु छाेएकाे थियाे

Read More
  • EBL Ad news