अकामा होटेलले आईपीओ निष्काशन गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अकामा होटेलले आईपीओ निष्काशन गर्ने

अकामा होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित मङ्सिर २७ गते साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा विविध प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव रहेको छ । अन्य प्रस्तावमा  सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ.व.२०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत्सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने, कम्पनीको आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारीश्रमीक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव रहेका छन्।

Read More
  • EBL Ad news