मङ्सिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओमा मागभन्दा १.५२ गुणा बढी आवेदन परेको छ ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेकोमा ३४ हजार दुई सय छ जनाले ४५ लाख ८२ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।






