कृषि विकास बैंकबाट संस्थापित कोष व्यवस्थापन कम्पनीद्वारा ५ प्रतिशत लाभांश प्रस्ताव


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकबाट संस्थापित कोष व्यवस्थापन कम्पनीद्वारा ५ प्रतिशत लाभांश प्रस्ताव

कृषि विकास बैंकबाट संस्थापित, प्रवर्द्धित तथा व्यवस्थित कोष व्यवस्थापन कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ९ गते कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहलमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले चुक्ता पुँजीको  पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा आ. व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आ.व.२०८० आषाढ मसान्तसम्मको वासलात र आ.व २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने , र आर्थिक वर्ष २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिका लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस कम्पनीको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्  ।

Read More
  • EBL Ad news