नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ बाँडफाँड मिति तय भएको छ । आईपीओ निष्काशनको बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार मङ्सिर २० गते बुधबार उक्त आइपिओ बाँडफाँड हुने भएको हो ।
सिडिएससीको विवरण अनुसार उक्त आइपिओमा १२ लाख ५७ हजार सात सय ५६ जनाले एक करोड ३६ लाख ४३ हजार तीन सय ९० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । यस हिसाबले कुल आवेदकमध्ये ११ लाख ४३ हजार बढीको हात खाली नै रहने भएको छ ।






