काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घटेर ३५४.४३ विन्दुमा अडिएको छ।
२९३ स्क्रिप्टको ३४ लाख १९ हजार ७३ कित्ता सेयर ३६ हजार ९७७ पटकको कारोबारमा ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा खरिदबिक्री भए।
सामान्य अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो।






