काठमाडौं । अर्किड होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले १ करोड १५ लाख कित्ता आइपीओ निष्कासन गर्न मङ्सिर १३ गते निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीले काठमाडौंमा चार तारे होटेल, होटेल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ ।






