काठमाडौं : अर्किड होल्डिङ्स लिमिटेडले १ करोड १५ लाख कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । अर्किड होल्डिङ्सले २०७६ असार १३ गतेबाट रविभवन, काठमाडौंमा चार तारे होटेल, होटेल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ ।






