इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा मङ्सिर १५ गते शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर ब्याङक्वेटमा आयोजित सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको जनाइएको छ ।






