काठमाडौं : भारतीय सेयर बजारमा शुक्रबार उछाल आएको छ । भारतको प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैमा आकर्षक सुधार भएको हो । सेन्सेक्स ४९२ अंकले बढेर ६७,४८१ विन्दुमा पुग्दा निफ्टीले अल टाइम हाई रेकर्ड कायम गरेको छ । निफ्टी भने १३४ अंकले बढेर हालसम्मकै उच्च २०,२६७ विन्दुमा क्लोज भएको छ ।
निफ्टी इन्ट्रा डे कारोबारमा २०,२८७ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो । विश्वव्यापी ब्याज दर अन्योलग्रस्त दृष्टिकोणबीच भारतीय अर्थतन्त्रले सेप्टेम्बर त्रैमासमा अपेक्षित भन्दा तीब्र आर्थिक वृद्धि हासिल गरे लगानीकर्ता आशावादी भएका छन् । फलस्वरुपः सेयर बजारमा पनि रेकर्ड विन्दुमा पुगेको हो ।






