सेयर बजारमा दोहोरो अंकको गिरावट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसुचक १८ दशमलव ०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार घटेको नेप्से परिसुचक १ हजार ८ सय ५८ दशमलव ५३ विन्दुमा कायम भएको छ । सोमबार ११.२७ अंकले घटेको नेप्से मंगलबार दुई दशमलव १७ अंकले घटेको थियो ।  बुधबार १७.९३ अंकले घटेको थियो ।

आज ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल ३२ कम्पनीको मूल्य बढ्यो भने २०१ कम्पनीको मूल्य घट्यो । ६ वटा कम्पनी स्थिर रहे । नेप्सेका अनुसार सबै उपसमुह घटे । त्यसमध्ये म्युचअल फन्ड उपसमुह मात्रै शून्य दशमलव शून्य २ अंकले बढ्यो । सबैभन्दा बढि जिवन बिमा १०० दशमलव ५७ अंकले घट्यो । होटल तथा पर्यटन ८१ दशमलव ४८, निर्जिवन बिमा ६५, उत्पादन तथा प्रशोधन ३८, हाइड्रोपावर ३४ दशमलव ६३, फाइनान्स २६ दशमलव ५३ अंकले घट्यो ।

Read More
  • EBL Ad news