नेपाल स्टक एक्सचेञ्ज नेप्सेको टिएमएसमा आज पनि समस्या देखिएको छ ।
बुधबार प्राविधिक समस्या भन्दै प्रिओपन सेसन कारोबार नभई नियमित सेसन पनि २४ घन्टा ढिलो खुलेको नेप्सेको प्रणालीमा आज पनि समस्या देखिएको हो । कतिपय स्क्रीप्टमा बिक्री वा खरिद अर्डर राख्ने नमिलेपछि प्रयोगकर्ताहरुले गुनासो गरेका थिए ।






