नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया पुन: सुचारु भएको हल्लाबीच बुधबार बिहानै देखि साविकको नेपाल स्टक एक्सचेञ्जमा भने प्राविधिक समस्या देखियो । प्राविधिक समस्या देखिएको भनेको एक्सचेञ्जले प्रणालीमा आएको समस्याको मूख्य कारण भने विद्युत आपूर्तिको समस्या देखाइयो जसका कारण नियमित प्रिओपन सेसन भएन साथै समयमा नेप्से खुल्न सकेन।
प्राविधिक समस्या आउनु र त्यसलाई समाधान गर्नु यी नियमित प्रकृया हो तर बुधबारको समस्याले नेप्सेको कारोबार प्रि ओपन पुरै बन्द अनि नियमित पनि झन्डै आधा घण्टा त्यो पनि विद्युत आपूर्तिमा समस्या देखिएकोमा नेप्सेको व्यस्थापन तिब्र आलोचित बनेको छ।






