अब १ हजारमा आईपीओ भर्ने कम्पनी घट्दै, सर्वोत्तम सिमेन्टको आईपीओ भर्न १८ हजार चाहिने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब १ हजारमा आईपीओ भर्ने कम्पनी घट्दै, सर्वोत्तम सिमेन्टको आईपीओ भर्न १८ हजार चाहिने

अब विस्तारै १ हजार रुपैयाँमा आईपीओ भर्ने समय सकिने भएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष भएर आएपछि उनले सिमेन्ट, हाइड्रोपावर, इन्स्योरेन्सलगायत आधा दर्जनभन्दा बढी कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिए ।

प्रिमियममा आईपीओ निकाल्न स्वीकृति पाए लगत्तै पछिल्लो समय पब्लिकमा रुपान्तरण भएका धेरै कम्पनीहरुले प्रिमियममा आईपीओ निकाल्ने एजेन्डासहित साधारण सभा गरिरहेका छन् । हमालले प्रिमियममा आईपीओ निष्काशन दिन अनुमति दिएका कम्पनीहरुले १६ रुपैयाँदेखि ३ सय ३५ रुपैयाँसम्म प्रिमियम थपेर आईपीओ निष्काशन गरेका छन् । हमालकै पहलमा विगत डेढ वर्षदेखि थाँती रहेको सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रियाले निकास पायो । सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई ६० लाख कित्ताको ४० प्रतिशत अर्थात २४ लाख कित्ता निष्काशन गरिसकेर अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गर्दैछ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणको लागि ६० लाख कित्ताको बाँकी ४० प्रतिशत अर्थात ३६ लाख कित्ता निष्काशन गर्ने भएको छ ।

Read More
  • EBL Ad news