मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ भर्ने १२ लाख भन्दा धेरैकाे हात खाली हुने भएकाे छ । अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा १२.४८ गुणा बढी शेयर माग भएको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओका लागि १३ लाख २२ हजार ९५४ वटा आवेदन परेकाे छ । यसैगरी, मुक्तिनाथ कृषि कम्पनीको एक करोड ४३ लाख २८ हजार १८० कित्ता शेयर माग गरिएको छ ।
मुक्तिनाथ कृषि कम्पनीले ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियाे। यस कम्पनीकाे आईपीओका लागि आवेदन दिएका १२ लाख ८ हजार १५४ भन्दा बढीले शेयर नपाउने भएका छन् ।






