काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओमा निष्कासनको तेस्रो दिनसम्म १० गुणा बढी आवेदन परेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात आजदेखि सर्वसाधारणका लागि गत मंसिर १० गतेबाट आइपीओ निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।






