काठमाडौं : नेप्से सूचक मंगलबार २.१७ विन्दुले घटेर १८९४.५३ अंकमा आएर अडिएको छ । १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
समग्रमा हेर्दा मंगलबार सेयर लगानीकर्ता दुविधामा परेको देखिएको छ । यस दिन नेप्सेले निश्चित बाटो देखाउन सकेन । कारोबार अवधिभर बजार सूचक पटकपटक घट्ने र बढ्ने भइरह्यो । नेप्से छिनछिनमै हरियो र रातो हुने प्रवृत्ति देखिएकाले बजारमा लगानीकर्ता अन्योलग्रस्त अवस्थामा रहेको आँकलन गर्न सकिन्छ । किनभने बजारले निश्चित बाटो तय गर्न सकेको छैन ।






