घलेम्दीको हकप्रद ६.७ प्रतिशत सब्स्क्राइब


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घलेम्दीको हकप्रद ६.७ प्रतिशत सब्स्क्राइब

काठमाडौं : घलेम्दी हाइड्रोको हकप्रदमा ७ हजार ४ सय ३ सेयरधनीले आवेदन दिएका छन्। आइतबारदेखि निष्कासन भएको सेयरमा ती आवेदकले ७ करोड ४२ लाख ४२ हजार ८ सय रुपैयाँ बराबरको ७ लाख  ४२ हजार ४ सय २८ कित्ताका लागि आवेदन दिएका हुन्।

कम्पनीले १ बराबरको २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ। कुल १ अर्ब १० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयरमा कात्तिक ३ अघि कायम सेयरधनीले आवेदन दिन पाउनेछन्। हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। हालसम्मको तथ्यांकअनुसार हकप्रद ६.७ प्रतिशत सब्स्क्राइब भएको हो।

Read More
  • EBL Ad news