मङ्सिर १० गते देखि खुलेको नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ हालसम्म ७.१४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा सात लाख ५२ हजार एक सय १९ जनाले ८१ लाख ७१ हजार नौ सय २० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । नेपाल वेयरहाउजिङ्ग कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १३ लाख ७५ हजार कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो ।






