म्युचुअल फण्ड : १० अंकित मूल्य, ७ रूपैयाँमै कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
म्युचुअल फण्ड : १० अंकित मूल्य, ७ रूपैयाँमै कारोबार

११ मंसिर, काठमाडौं । ४ मंसिरदेखि प्राथमिक बजारमा खुलेको एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड–२’ नामक म्युचुअल फण्डमा माग गरिएजति इकाइका लागि आवेदन नपरेपछि अवधि लम्ब्याइएको छ । अंकित मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ बिक्री गर्नका लागि ७ मंसिरसम्म आवेदन खुलाइएकोमा सो अवधिसम्म आधा इकाइ पनि बिक्री नभएपछि १८ मंसिरसम्मका लागि आवेदन खुला गरिएको हो ।

एनआईसी एसिया ग्रोथ फण्ड–२ मात्रै होइन, यसअघि खुलेका धेरै म्युचुअल फण्डको अवस्था उस्तै थियो । कमजोर कम्पनीका सेयरमा समेत पहिलो दिन नै माग गरिएजति आवेदन पर्ने गरेको छ । तर, सेयरको तुलनामा जोखिम कम रहने यस्ता म्युचुअल फण्ड भने थपिएको समयसम्म पनि पूरा इकाइ बिक्री हुन मुस्किल पर्ने गरेको छ । यसको प्रमुख कारण हो– दोस्रो बजारमा सूचीकृतमध्ये करिब सबैजसो म्युचुअल फण्डको भाउ अंकित मूल्यभन्दा तल झर्नु ।

Read More
  • EBL Ad news