सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो

११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडमा खुम्चियो । कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रहरुको उतारचढाव सामान्य देखिएको छ । कुनै पनि समूहको गिरावट दर १ प्रतिशत पुग्न सकेन ।

Read More
  • EBL Ad news