सर्वोत्तम सिमेन्टमा ३६ लाख कित्ता शेयर माग, कट अफ मूल्य ४०१ नै तोकिने सम्भावना


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सर्वोत्तम सिमेन्टमा ३६ लाख कित्ता शेयर माग, कट अफ मूल्य ४०१ नै तोकिने सम्भावना

पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत निष्काशन भएको सर्वोत्तम सिमेन्टकाे शेयरमा ३६ लाख कित्ता शेयरको माग भएको छ। आज बिहान ८ बजे खोलिएको बिडमा उक्त सङ्ख्यामा शेयरको माग भएको देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

अहिले परेका आवेदन रुजु गर्ने काम भइरहेको छ। त्यसैगरि भौचर अनुसार बैंकमा पैसा दाखिला भए नभएको पनि जाँच हुँदै गरेको बताइएको छ। ती सबै जाँच प्रक्रिया सकिएपछि कट अफ मूल्य तोकिने छ। अहिलेसम्मको अवस्थामा तल्लो मूल्य ४०१ रुपैयाँ नै हुने सक्ने सम्भावना रहेको नेप्सेले जनाएको छ। 

कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिनेछ।  सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले शेयर प्राप्त गर्ने छन्।  कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन। 

Read More
  • EBL Ad news