मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा ८२ लाख ५० हजार कित्ताका लागि पर्यो आवेदन, भर्ने कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा ८२ लाख ५० हजार कित्ताका लागि पर्यो आवेदन, भर्ने कति ?

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा ८२ करोड ५० लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (मंसिर १० गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ५१ हजार ८२९ जनाले ८२ लाख ५० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा ७.१८ गुणा बढी हो । यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले मंसिर ८ गतेदेखि ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २०% ले हुने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । 

Read More
  • EBL Ad news