काठमाडौँ । सेयर बजारका बादशाहका रुपमा परिचित अमेरिकी लगानीकर्ता वारेन बफेट भारतीय सेयर बजारबाट बाहिरिएका छन् । भारतमा ६ सय ३० करोड भारतीय रुपैयाँ (करिब १० अर्ब नेपाली रुपैयाँ) घाटा खाएपछि उनी भारतीय सेयर बजारबाट बाहिरिएका हुन् ।
भारतीय फिनटेक कम्पनी पेटीएममा लगातार घाटा बेहोरेपछि उनी भारतीय सेयर बजारबाट बाहिरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।






