साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेको छ।
यसदिन नेप्से परिसूचक ०.५६ प्रतिशतले बढेर १९०७.९५ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रूपैयाँ पुगेको छ।
यस दिन २९४ वटा धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच भएको हो।
आइतबार छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य क्रमशः २२० रूपैयाँ ४३७ रूपैयाँ ८० पैसा पुगेको छ।






