सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म कति योग्य संस्थागत लगानीकर्ताले दिए आवेदन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म कति योग्य संस्थागत लगानीकर्ताले दिए आवेदन ?

सर्वोत्तम सिमेन्टले मङ्सिर ६ गतेबाट बुक बिल्डिङ विधिमार्फत् आइपीओ बिक्री थालेको छ । कम्पनीले पहिलो चरणमामा मङ्सिर ६ देखि क्युआईआई अर्थात् योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो। यस निष्काशनमा योग्य संस्थागत लगानीकर्ताहरुले मङ्सिर १० गते आइतबारसम्म आवेदन दिन सक्ने छन् ।

योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आवेदन दिनु पर्ने छ । हालसम्म कम्पनीको आईपीओमा ४ वटा योग्य संस्थागत लगानीकर्ताहरुले आवेदन दिएका छन् । आज मङ्सिर ८ गते शुक्रबारको कार्यालय समयसम्ममा ४ वटा योग्य संस्थागत लगानीकर्ताहरुले आवेदन दिएको नेप्से स्रोतले जनाएको छ। आवेदन दिने मङ्सिर १० गते अन्तिम दिन रहेकोले अधिकांशले मङ्सिर १० गते नै आवेदन बुझाउने आँकलन गरिएको छ।

Read More
  • EBL Ad news