मुक्तिनाथ कृषि कम्पनीकाे आईपीओमा पहिलाे दिन नै माग भन्दा बढी आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ कृषि कम्पनीकाे आईपीओमा पहिलाे दिन नै माग भन्दा बढी आवेदन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आजदेखि निष्काशन गरेकाे आईपीओमा माग भन्दा बढी आवेदन परेकाे छ। कम्पनीकाे आईपीओमा पहिलाे दिन नै १.६० गुणा बढी शेयर माग गरिएकाे हाे।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीकाे आईपीओका लागि एक लाख ६४ हजार ८४२ वटा आवेदन परेकाे छ । यसैगरी, पहिलाे दिन नै मुक्तिनाथ कृषि कम्पनीकाे १८ लाख ४४ हजार ८७० कित्ता शेयर माग गरिएकाे छ । 

कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

Read More
  • EBL Ad news