सेबोनले आइपीओ र हकप्रद सेयरको अनुमति रोकेपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जलविद्युत उद्यमी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेबोनले आइपीओ र हकप्रद सेयरको अनुमति रोकेपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जलविद्युत उद्यमी

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । बोर्डले आइपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि उर्जा उद्यमीहरुले प्रधानमन्त्री कार्यलयदेखि अर्थमन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भइ धेरै कम्पनीहरुको धितोपत्र निष्कासन गरेकोमा त्यसको सरहाना गरेपनि यतिबेला भने बोर्ड खुला बजार नीति विपरित जान लागेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले बताए । 

Read More
  • EBL Ad news