सञ्चालनमा रहेका २० मध्ये १० वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेक ९ बैंक लाभांश घोषणा गर्न बाँकी छन् । लाभांश घोषणा गर्न बाँकी ९ बैंकले पनि लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।
विगतका वर्षहरुमा नगद र बोनस ‘दुवै’ दिने चलन यसपाली कम भएको छ । सायद कम लाभांश वितरण गर्ने क्षमता भएकाले नगद र बोनस शेयर दिन उपयुक्त नभएकाले पनि कि नगद कि त बोनस मात्रै दिएको हुनुपर्छ । यसपाली वाणिज्य बैंकहरुले कि नगद कि त बोनस मात्रै दिएका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकहरु कम देखिएका छन् ।
चारवटा वाणिज्य बैंकले मात्र नगद र बोनस दुवै दिएका छन् । एभरेष्ट बैंक, एसबिआई, ग्लोबल आइएमई र सानिमा बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिएका छन् ।
एभरेष्टले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ ।
यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको छ ।






