काठमाडौं : सेयर बजारमा युवाहरुको सहभागिता धेरै देखिएको छ । सहभागिता बढ्दै गएकै कारण डिम्याट खाता खोल्नेहरुमा यही उमेर समूहका लगानीकर्ता बढी रहेका छन् । हाल १८ देखि ३० वर्ष उमेर समूहका युवा लगानीकर्ताको डिम्याट खाता सबैभन्दा धेरै रहेको हो ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यो उमेर समूहका लगानीकर्ताको डिम्याट खाता संख्या १८ लाख ६९ हजार ६७६ रहेको छ । यो कुल डिम्याट संख्याको ३१ प्रतिशत हो । यस समूहमा खासगरी कलेज पढ्ने विद्यार्थीको संख्या धेरै हुने गरेको छ ।






