‘बुक बिल्डिङ’बाट कति तोकिएला सर्वोत्तमको आईपीओ मूल्य ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘बुक बिल्डिङ’बाट कति तोकिएला सर्वोत्तमको आईपीओ मूल्य ?

५ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक भोलि बुधबार (मंसिर ६) देखि बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ । आईपीओमा पहिलो चरणमा सर्वसाधारणले नभई संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ ।

Read More
  • EBL Ad news