लाभांश प्रस्तावसहित सोल्टी होटलले डाक्यो साधारण सभा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाभांश प्रस्तावसहित सोल्टी होटलले डाक्यो साधारण सभा

सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

होटलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा ४९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलल पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Read More
  • EBL Ad news