कार्तिक २६ गते आइतबार, कार्तिक कृष्णपक्ष चतुर्दशी तिथि
मेष
आज मेष राशिका व्यक्तिहरुले व्यवसायबाट आर्थिक उन्नति गर्ने र सोचेजस्तो लाभ लिन सक्छन्।
वृष
आज वृष राशिका व्यक्तिहरुले नँया वस्तु किन्न सक्ने वा धनको लगानी गर्न सक्ने समय रहेको छ । दीर्घकालीन लगानीबाट फाइदा मिल्न सक्छ।
मिथुन
आज मिथुन राशिका व्यक्तिहरुलाई आफन्त वा साथीभाईबाट सहयोग प्राप्त हुनाले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ।
कर्कट
आज अनावश्यक विवादमा फस्नाले व्यवसायिक सम्बन्ध बिग्रिन सक्छ। काममा उचित ध्यान नदिनाले काम बिग्रिन सक्ने भएकाले विचार गर्नुपर्छ।
सिंह
आज सिंह राशिलाई लगानीबाट राम्रो फाइदा र धन संचय बढ्नेछ।
कन्या
आज तपाईंलाई आर्थिक लेनदेनबाट लाभ र धनको संचय वा बचत हुन सक्छ।
तुला
आज तपाईंलाई कामबाट मानसम्मान वा उचित पुरस्कार प्राप्त हुन सक्छ। रोकिएका कामहरु बन्नुका साथै आर्थिक क्षेत्र सबल रहन सक्छ।
वृश्चिक
आज वृश्चिक राशि भएका व्यक्तिहरुको लेनदेनको क्षेत्र कमजोर रहन सक्छ। खर्च बढ्ने र काममा उचित ध्यान नजान सक्छ।
धनु
आज धनु राशिका व्यक्तिहरुको आम्दानी बढ्न सक्ने र काममा आफन्तको सहयोग मिल्नेछ।
मकर
आज मकर राशि भएका व्यक्तिहरुको गरेका कामहरु सफल हुने र धनको लाभ मिल्न सक्छ।
कुम्भ
आज कुम्भ राशिका व्यक्तिहरु राम्रोसँग सोचविचार गरेर गरेका कामहरु सफल रहन सक्छन् भने आम्दानी बढ्ने र मानसम्मान पनि मिल्न सक्छ।
मीन
आज मीन राशिका व्यक्तिहरुले हतारमा निर्णय गर्नाले काम बिग्रिन सक्ने र आर्थिक हानी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
____
२०८० कार्तिक महिनाको मासिक राशिफल
मेष
मेष राशिका व्यक्तिहरुको लागि कार्तिक महिना राम्रो रहन सक्छ। सूर्यको गोचर राशिबाट सातौँ स्थानमा रहने भएकाले यो समयमा साथीभाई तथा आफन्तहरुको सहयोग काममा मिल्न सक्छ भने अरूलाई प्रभावित पारेर काम हात लिने समय रहेको छ। तपाईंको आम्दानीमा वृद्धि हुन सक्छ भने रोकिएका आर्थिक कारोबारहरु पनि सुचारु भएर आर्थिक कारोबारबाट फाइदा हुन सक्छ।
वृष
वृष राशि हुनेहरुको लागि यो महिना मिश्रित परिणाम प्राप्त हुन सक्छ। सवारी साधन तथा पैतृक सम्पत्तिबाट पनि लाभ मिल्न सक्छ। आर्थिक लाभको अवसरहरु प्राप्त हुन सक्ने अकस्मात् लाभको पनि केहि सम्भावना रहेको छ। काममा चुनौतीको सम्भावनाहरु पनि रहेकाले मानसिक तनाव बढ्न सक्छ। राम्रो मेहेनत गरेर धैर्यताका साथ अगाडि बढ्दा समग्रमा यो महिना राम्रो रहन सक्छ ।
मिथुन
मिथुन राशिका व्यक्तिहरुको लागि कार्तिक महिना सामान्य रहन सक्छ। सामाजिक तथा परोपकारको क्षेत्रमा लागेर फाइदा लिन सकिन्छ। दीर्घकालीन फाइदा हुने क्षेत्रमा धन खर्च हुन सक्ने पनि सम्भावना छ। खर्च बढ्ने तथा आर्थिक समस्या हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। बोलीको कारणले विवाद हुन सक्ने सम्भावना रहेकाले बोलीमा नियन्त्रण राख्दा राम्रो हुन सक्छ।
कर्कट
कर्कट राशिका व्यक्तिहरुको लागि यो महिना सामान्य रहन सक्छ। काममा विभिन्न समस्याहरु आउनाले मानसिक तनाव बढ्न सक्छ। राम्रो सँग मिहिनेत गर्दा पनि सोचे जस्तो परिणाम प्राप्त नहुन सक्छ। नजिकको व्यक्तिबाट असहयोग हुन सक्छ। स्वास्थ्यमा समस्या र काममा रोकावटले गर्दा आर्थिक हानी हुन सक्छ। महिनाको अन्त्यतिरबाट आर्थिक क्षेत्रमा सुधार हुनेछ।
सिंह
सिंह राशिलाई यो महिना सकारात्मक परिणाम प्राप्त हुन सक्छ। काममा पदोन्नति मिल्न सक्ने वा कामबाट मानसम्मान प्राप्त हुन सक्ने समय छ भने अरुलाई प्रभावमा लिएर आफ्नो काम बनाउन सक्ने समय रहेको छ। आफन्त,दाजुभाई र परिवारको सहयोग काममा प्राप्त हुन सक्छ। सामाजिक काममा खर्च हुन सक्छ भने यो महिना आम्दानी पनि राम्रो रहन सक्छ।
कन्या
कन्या राशिको लागि यो महिना सामान्य रहन सक्छ। आर्थिक लेनदेनबाट घाटा हुन सक्ने भएकाले विश्वासिलो व्यक्तिसँग मात्र सापटी वा आर्थिक लेनदेन गर्दा राम्रो होला। आफ्नै कमी कमजोरीहरुले गर्दा समस्यामा पर्न सकिने सम्भावना रहेकाले आफ्नो कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्दा राम्रो हुन्छ। खर्चमा नियन्त्रण गर्दा आर्थिक क्षेत्र सामान्य रहन सक्ला।
तुला
तुला राशिको लागि समय राम्रो रहन सक्छ। यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ। आर्थिक क्षेत्र पनि बलियो रहने र राम्रो धनागम हुन सक्छ।
वृश्चिक
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा रहनाले अनावश्यक खर्च बढ्न सक्ने सम्भावना रहेकाले नियन्त्रण गर्नुपर्छ । काममा ढिलासुस्ती तथा रोकावट जस्ता समस्याको सामना गर्नेपर्ने हुन सक्ने भएकाले धैर्य गरेर निरन्तर मेहेनत गर्दा सफलता मिल्न सक्छ। वैदेशिक क्षेत्रमा काम गर्नेहरुले केहि सकारात्मक परिणाम तथा लाभ प्राप्त गर्ने सक्छन्।
धनु
यो महिना सुर्यको गोचरको शुभ प्रभावले तपाईंका लागि यो समय राम्रो रहन सक्छ । यो समयमा तपाईंको आम्दानी बढ्न सक्छ । तपाईंले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । रोकिएका आर्थिक कारोबारहरु मिल्नुका साथै आम्दानीका नयाँ बाटोहरु मिल्नाले आर्थिक समस्या समाधान हुनेछ। पहिले गरेको लगानीले पनि राम्रो प्रतिफल दिन सक्ने समय रहेको छ।
मकर
यो महिना तपाईंको लागि राम्रो रहन सक्छ। व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन्। सहकर्मी साथीहरुको सहयोग मिल्नेछ। नयाँ काममा प्रवेश गर्ने अवसर पनि जुट्नेछ।
कुम्भ
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
मीन
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । हतारमा निर्णय लिंदा दीर्घकालीन घाटा हुन सक्छ। काममा उचित समय र ध्यान नदिंदा काम बिग्रिन सक्छ। स्वास्थ्य पनि यो समयमा कमजोर रहन सक्छ। अनावश्यक खर्चको योग पनि देखिएकाले खर्चमा नियन्त्रण र आर्थिक कारोबारमा पारदर्शिता अपनाउन आवश्यक छ। महिनाको अन्त्यतिर आर्थिक तथा कामको क्षेत्रमा केहि सुधार आउन सक्छ।
_________Read More_______________









