क्रेडिट रेटिङ भनेको के हो ? यो किन गर्नुपर्छ ? कस्तो कम्पनीले गर्नु जरुरी छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्रेडिट रेटिङ भनेको के हो ? यो किन गर्नुपर्छ ? कस्तो कम्पनीले गर्नु जरुरी छ ?

सेयर वा ऋणपत्र निष्कासनकर्ताका सम्बन्धमा जोखिमबारे अध्ययन गरिने सांकेतिक सूचकांकलाई क्रेडिट रेटिङ भनिन्छ । अर्को भाषामा भन्नुपर्दा निष्कासनको सर्तअनुसार निष्कासनकर्ताको ऋण (दायित्व) भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा क्रेडिट रेटिङ संस्थाले दिएको राय नै क्रेडिट रेटिङ हो । तर, क्रेडिट रेटिङ निष्कासनकर्ता कम्पनीको सर्वमान्य हुने किसिमको मूल्यांकन भने होइन । न त ऋणपत्र खरिद गर्ने, लिइराख्ने वा बिक्री गर्ने राय नै हो । नेपालमा निम्न अवस्थामा रेटिङ–ग्रेडिङ गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । 
    ३ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयरको सार्वजनिक तथा हकप्रद निष्कासन ।

  • डिबेन्चर तथा अन्य ऋणपत्र निष्कासन ।
  • अग्राधिकार सेयर निष्कासन ।

अंकित मूल्यमा प्रिमियम थप गरी संगठित संस्थाले गर्ने प्राथमिक निष्कासन, फर्दर पब्लिक इस्यु, हकप्रद निष्कासन तथा अन्य निष्कासन,‘क’ वर्गका वाणिज्य बैंकहरूले वार्षिक रूपमा कम्पनीको रेटिङ गर्नुपर्ने । 

Read More
  • MBL - below news