आइपीओ निष्कासन तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले गर्यो १० अर्ब व्यापार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइपीओ निष्कासन तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले गर्यो १० अर्ब व्यापार

काठमाडौं : आइपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले २०२३ मा १० अर्ब ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा यो करिब १ प्रतिशतले कम हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार यसले सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख र सन् २०२१ मा ७ अर्ब ७९ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

कम्पनीले बैंक कर्जाका लागि रेटिङ पुन: पुष्टी गराएको छ । दीर्घकालिन कर्जा ३ अर्ब ७२ करोड ७५ लाख लागि यसलाई ‘केयर एनपी ए माइनस’ र अल्पकालिन ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको कर्जाका लागि ‘केयर एनपी ए२ प्लस’ रेटिङ पुन: पुष्टी गराएको हो । यसले कुल ९ अर्ब ३० करोड ७५ लाख रुपैयाँका लागि पुनः रेटिङ पुष्टी गराएको छ ।

Read More
  • EBL Ad news