घट्दो बजारमा थप आपूर्ति बढ्न नदिन केही समयलाई आइपिओ रोकिँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घट्दो बजारमा थप आपूर्ति बढ्न नदिन केही समयलाई आइपिओ रोकिँदै

बजार उच्चदरमा घट्न थालेसँगै धितोपत्र बोर्डले केही समय सार्वजनिक निष्कासन रोक्ने तयारी गरेको छ। बोर्डले केही समय आइपिओ, हकप्रद र एफपिओ सबैजसो सार्वजनिक निष्कासन रोक्ने तयारी गरिरहेको हो।

'बजारमा सेयर थपिदा आपूर्ति बढेको र यसले बजार सुधार हुन नसकेको भन्दै लगानीकर्ताहरूबाट गुनासो आएपछि केही समयलाई सबै किसिमका सार्वजनिक निष्कासन रोक्ने कि भनेर आन्तरिक गृहकार्य भइरहेको छ,' धितोपत्र बोर्ड स्रोतले भन्यो।

यो खबर फैलिएसँगै केही लगानीकर्ताले यसको विरोध गरेका छन्। 'सेयर निष्कासनमा नियन्त्रण जस्तो आत्मघाती विचार बोकेर पुँजीबजार, लगानीकर्ता र कारोबारीको भलो कसरी होला खै,' लगानीकर्ता दिलिप मुनाकर्मी भन्छन्, 'बरू बलियो नियमन, निष्कासनको न्यायोचित मूल्य, सुशासनको कुरा गरे आज नभए पनि भविष्य राम्रो होला कि?' 

Read More
  • EBL Ad news