नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज अर्थात् बिहिबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १०.८६ अंकले घटेर एक हजार आठ सय ४७ दशमलब ७० विन्दुमा बन्द भएको छ । आज ९६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको, १९० कम्पनीकोे शेयरमूल्य घटेको र ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। आज चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य ६.०४ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ५ प्रतिशतले बढ्दा चन्द्रागिरीको प्रतिकित्ता ११२४ रुपैयाँ र हिमालयन लघुवित्तको प्रतिकित्ता ६३० रुपैयाँ पुगेको छ । बिहिबार सयपत्रि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।






