रोगको उपचार गर्न सक्ने क्षमता नभएका कारण कतिपय मानिसले अकालमा नै जीवन गुमाउँनु परेको छ । घातक रोग लागेको अवस्थामा कतिपय मानिसले घर खेत नै विक्री गरी उपचार गर्नु परेको छ । त्यसैले यस्तो खालको अवस्थाबाट बच्नका लागि सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ११ वटा घातक रोग विरुद्धको न्यूनतम ५० हजार देखि अधिकत ५० लाख रुपैयाँसम्मको बीमा योजना सञ्चालनमा ल्याएको छ ।
समयमा नै उपचार गराउन नसक्ने स्थिती भएर , घरजग्गा धितोमा राख्ने, ऋण खोज्ने जस्ता समस्याहरु हामीले देखेका छौ । अहिलेको अवस्थामा मानिसको लागि घातक बीमा योजना किन आवश्यक छ भन्ने बिषयमा सिनियर कार्डेलेजिस्ट डा .टिएन भट्टराई र मृगौला रोग बिशेषज्ञ डा. कल्पना श्रेष्ठको धारणा :
सिनियर कार्डेलेजिस्ट डा. टिएन भट्टराईले समयमा उपचार गर्न नपाएर आर्थिक समस्याको कारण घातक रोगको कारण कैयौ मानिसहरुको मृत्यु भईरहेको छ । बीमा यस्तो चिज हो । हामीले थोरै रकम प्रिमियम तिरेर घातक रोगहरुको पनि सुविधा सहज रुपमा पाउने एक समस्याको समाधान गर्न उपाय हो । मुख्यत : शरीरमा रोग नै लाग्न नदिनु नै उत्तम उपाय हो । तर रोगले म आउ भन्ने संकेत दिएर त आउदैन । त्यसैले भावि दिनमा हुन सक्ने घातक रोगको बीमा निकै जरुरी छ ।समयमा नै उपचार गराउन नसक्ने स्थिती भएर , घरजग्गा धितोमा राख्ने ऋण खेज्ने जस्ता समस्याहरु विधमान नै रहेको पाईन्छ । तर अन्तराष्ट्रियस्तरमा हेर्न हो भने उनीहरुले बीमा गराएको हुन्छन् तर नेपालमा बीमा गराउनेको सङख्या धेरै नै कम छ ।
मृगौला रोग बिशेषज्ञ डा. कल्पना जोशीले १ सय मृगौला रोगीहरुमा ८० जनालाई मात्र थाहा हुने रोग रहेको बताए । घातक रोगीहरुको सङख्या दिन प्रती दिन बढ्दै गईरहेको छ । यस्तो अवस्थामा आर्थिक अभावको कारण समयमा उपचार गराउन नसक्ने परिवारमा निकै ठूलो समस्या आईपर्ने देखिन्छ ।








