काठमाडौं। नेपालको धितोपत्र बजारको विस्तारमा सूचीकृत कम्पनीको महत्त्वपूर्ण भूमिका रहन्छ । कम्पनीको कार्यसम्पादन र सकारात्मक गतिविधिका कारण बजार सकारात्मक बन्ने हुन्छ ।
धितोपत्र बजारमा धेरै समूहअन्तर्गतका कम्पनीहरू सूचीकृत हुन्छन् । ती कम्पनीहरूको मूल्यमा परेको प्रभावका आधारमा समूहगत परिसूचकमा उतारचढाव हुन्छ, जसको समग्र प्रभाव धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा पर्छ ।
यी कुरा उल्लेख गरिरहँदा पछिल्ला वर्ष धितोपत्र बजारमा कति र कस्ता कम्पनी थपिए ? बजारमा तिनको प्रभाव कस्तो पर्यो भन्ने विषय महत्त्वपूर्ण होला । यतिखेर धितोपत्रको दोस्रो बजारमा म्युचुअल फन्डका योजनाबाहेक २४१ कम्पनी सूचीकृत छन् ।






